१७ नोभेम्बर, लण्डन: नेपाली पत्रका संपादक एबं कान्तिपुर दैनिक सम्बद्ध पत्रकार नविन पोखरेलले वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने ब्रिटिश संग्रहालयमा बुद्धबारे राखिएको भ्रामक जानकारीसम्बन्धी सामग्रीहरु बिस्तृत रुपमा कान्तिपुर दैनिकमा १३ कार्तिक (अक्टोबर २९) र कार्तिक १६ (नोभेम्बेर २) र नेपाली पत्रको बर्ष ६, अंक १८ मा प्राथमिकताका साथ प्रकाशित गरेर म्युजियमको ध्यानाकर्षण गरेकै कारण संग्रहालयले फेसबुकको आफ्नो पेजमा नोभेम्बर ४ तारिख दिनको ३:४६ बजे संग्रहालयले बुद्ध नेपालमा नजन्मेको भनी उल्लेख नगरेको सूचना जारी गरेको र सोही सूचनालाई आधार बनाएर संग्रहालयलाई दबाब दिन जन परिचालन गर्ने सहज वातावरण तयार भएको थियो । छोटो समयमा नै सोही सूचनामा भएको ब्यापक जन दबाबका कारण नोभेम्बर ७ तारिख दिनको ११:०५ मा संग्रहालयले वुद्ध लुम्बिनी नेपालमा जन्मिनु भएको उल्लेख गर्ने सूचना जारी गरेको थियो । यसरी विस्वभरका त्यत्ति  ठूलो संख्याका पर्यटकहरुले अबलोकन गर्ने ब्रिटिश संग्रहालयमा वुद्धबारे भ्रामक जानकारी सच्याउने बातावरण सहज बनाउने महत्वपूर्ण भूमिका निर्बाह गर्नु भएकोमा पत्रकार नविन पोखरेललाई कपिलवस्तु दिवस अभियानले बिभिन्न देशमा तेश्रो कपिलवस्तु दिवस मनाउने क्रममा कपिलवस्तु दिवस अभियान वेलायत राष्ट्रिय समितिले लण्डनस्थित नेपाली दूतावासमा आयोजना गरेको तेश्रो कपिलवस्तु दिवस कार्यक्रमका वीच सम्मान गरेको छ ।

सम्मान गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि वेलायतका लागि नेपाली राजदुत महामहिम डा सुरेशचन्द्र चालिसे, कार्यक्रमका बिशिस्ठ अतिथि सांसद                                                         माननीय भान्ते आनन्द पथ र कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा संयुक्त रुपमा हस्ताक्षरित प्रमाणपत्र राजदुत महामहिम डा सुरेशचन्द्र चालिसे र माननीय भान्ते आनन्द पथले संयुक्त रुपमा प्रदान गर्नु भयो । प्रमाणपत्रमा लेखिएको छ, “वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने ब्रिटिश संग्रहालयमा बुद्धबारे राखिएको भ्रामक जानकारीसम्बन्धी सामग्रीहरु तयार गरी संग्रहालय र सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराएर जानकारी सच्याउने वातारण सहज बनाउने महत्वपूर्ण भूमिका निर्बाह गर्नु भएकोमा सम्मान स्वरुप यो प्रमाणपत्र प्रदान गरिएको छ ।” More